संविधान कार्यान्वयन गर्न तीनैतहको चुनाव : देउवा
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयन गर्न तीनैतहको चुनाव हुनुपर्ने बताएका छन्। छैठौँ तनहुँ महोत्सवको आज दमौलीमा उद्घाटन गर्दै सभापति देउवाले स्थानीय निकाय, प्रान्तिय सभा र संसदको चुनाव हुन सकेमात्रै सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुने बताए।
सर्वोच्च अदालतको आदेशपछि प्रतिपक्षी नेकपा ९एमाले०ले संसद खुल्न दिनेमा आफू विश्वस्त रहेको बताउँदै उनले २०७४ माघ ७ भित्रै तीनवटै चुनाव हुन नसके मुलुक गम्भीर सङ्कटमा फस्ने भएकाले सबै नेपाली जनता त्यसतर्फ सचेत भई चुनावको वातावरण बनाउनेतर्फ लाग्नुपर्ने उल्लेख गरे।
देशमा स्थायी शान्ति भए नेपाललाई दक्षिण एशियाकै धनी देश बनाउन सकिने दाबी उनले बताए। यसैबीच, सभापति देउवाले नेपाली कांग्रेस तनहुँको विपी स्मृति भवनमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै स्थानीय निर्वाचनका लागि जुट्न कार्यकर्तालाई आग्रह गरे। मधेसी मोर्चाको मागलाई सम्बोधन हुने गरी ल्याइएको संविधान संशोधन विधेयकलाई सफल गराएरै छाडने उनको भनाइ थियो ।