भारतीय अभिनेता ओम पुरीको निधन

भक्तपुर न्यूज

२२ पुष २०७३ ५:४०

भारतीय अभिनेता ओम पुरीको निधन

एजेन्सी, २२ पुस । भारतीय अभिनेता ओम पुरीको निधन भएको छ । पुरीको ६६ वर्षको उमेरमा निधन भएको हो । मुम्बईमा उनको निधन भएको पारिवारीक स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पुरीको हृदयघातका कारण निधन भएको पिटिआइले जनाएको छ ।
सन् १९५० को अक्टोबर १८ मा अम्बालामा जन्मनु भएका पुरीले प्रारम्भिक शिक्षा मामाघर पञ्जाबको पटियालाबाट पूरा गरेका थिए । उनले सन् १९७३ मा राष्ट्रिय नाट्य विद्यालयबाट ग्रयाजुएसन गरेका थिए । पुरीले सन् १९७६ मा मराठी चलचित्र घासिराम कोतवालबाट चलचित्र यात्रा सुरु गरेका थिए । उनले जाने भि दो यारों, अर्धसत्य, आरोहण, मिर्च मसाला, चाची ४२०, आक्रोश, गुप्त, मालामाल विकलीमा अविस्मरणीय अभिनय गरेका थिए ।
पुरी पद्यम श्रीबाट सम्मानित भएका थिए । यो भारतीय सरकारले दिने नागरिलाई चौथो ठूलो सम्मान हो । पुरीले सन् १९८२ मा आरोहण तथा सन् १९८३ मा अर्ध सत्यबाट उत्कृष्ट अभिनेताका लागि राष्ट्रिय चलचित्र अवार्ड प्राप्त गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *