पत्रपत्रिकाको वर्गीकरणमा काउन्सिल पूर्वाग्राही भएको आरोप
काठमाडौं २२ पुस, । प्रेस काउन्सिल नेपालले गरेको पत्रपत्रिका वर्गीकरणप्रति असन्तुष्टि जनाउँदै केही पत्रिका सञ्चालक तथा सम्पादकहरुले आपत्ति जनाएपछि पुनरावलोकन गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । काउन्सिल कुनै पूर्वाग्रह नराखी पत्रिकाको वर्गीकरण गरेको भए पनि कतिपय पत्रिका सञ्चालक तथा सम्पादकहरुले वर्गीकरण भेदभावपूर्ण भएको भन्दै आपत्ति जनाएपछि काउन्सिलले प्रेस विज्ञप्ति जारी गरेर वर्गीकरण पुनरावलोकन हुने प्रतिवद्धता व्यक्त गरेको हो ।
पत्रिका वर्गीकरणमा पुनर्योग तथा पुनरावलोकनका लागि समिति समेत बनिसकेकाले विषयलाई राजनीतिकरण नगर्न काउन्सिलले आग्रह गरेको छ । खासगरी मधेसबाट प्रकाशित पत्रपत्रिकाको वर्गीकरणमा काउन्सिल पूर्वाग्राही भएको आरोप लागेको छ । त्यसै गरी अरूका समाचार सारेर प्रकाशित हुँदै अाएका केही साप्ताहिकका सम्पादक\ प्रकाशकहरूमा पनि असन्तुष्टि देखिएकाे छ । सरकारले पत्रपत्रिकालार्इ पैसा दिन प्रचलनका कारण वर्गीकरणका नाममा वर्षेनी यस्तो विवाद हुने गरेकाे छ ।