जापानले कोरियाबाट राजदूत फिर्ता बोलायो
एजेन्सी, २२ पुस । जापानले दक्षिण कोरियामा रहेका आफ्नो राजदूत अस्थायी रुपमा शुक्रबार फिर्ता बोलाएको समाचार संस्था एएफपीले जनाएको छ ।
समाचारका अनुसार डिसेम्बर महिनामा बुशान सहरस्थित आफ्नो महावाणिज्य दूतावास अगाडि दोस्रो विश्वयुद्ध ताका जापानी सेनाको यौन उत्पिडन र यौन दासी बनाइएका पीडित महिलाहरुको प्रतिकात्मक शालिक राख्ने कदमको विरोध गर्दै सो कदम चालेको हो । सरकारी प्रवक्ता योशिहिन्दे सुगाले एक पत्रकार सम्मेलनमार्फत सो कदम सार्वजनिक गरेका छन् ।
दुई देशबीच उच्च तहको व्यापारिक छलफल पनि निलम्बन गरिएको उनले जानकारी दिए । उनका अनुसार यो अवस्थालाई जापानी सरकारेले अतिनै खेदजनक भएको बताएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
