ट्रम्पको क्षमतामा विश्वास छैन : सर्भे

भक्तपुर न्यूज

२२ पुष २०७३ ५:३०

ट्रम्पको क्षमतामा विश्वास छैन : सर्भे

डोनाल्ड ट्रम्प २० जनवरीमा अमेरिकाको राष्ट्रपति पद सम्हाल्दैछन् । तर, एक सर्भेको निष्कर्षले धेरै अमेरिकीहरु उनको क्षमतामाथि न्यून विश्वास गर्छन् ।
बाराक ओबामा, जर्ज डब्ल्यू बुश र बिल क्लिन्टनमाथि उनीहरुले राष्ट्रपति पद सम्हालनुअघि १० मध्ये ७ अमेरिकीहरुको उनीहरुप्रति पूर्ण भरोसा गर्ने गरेको याहु न्युजले जनाएको छ ।
सर्भेका अनुसार ४४ प्रतिशत मानिस ट्रम्प प्रशासनले ठूलो घोटाला रोक्न सफल हुने बताएका छन । गालुप पोलको यो सर्भेका अनुसार ४६ प्रतिशतले मात्र ट्रम्प अन्तरराष्ट्रिय संकट सामना गर्न सक्षम हुने बताएका छन् । ४७ प्रतिशतले भने  ट्रम्पले अमेरिकी फौजलाई बुद्धिमानी तरिकाले प्रयोग गर्ने बताएका छन् ।
चुनाव बिज्ञ ज्याफ्रे जोन्सका अनुसार सोधिएका सबै विषयमा ट्रम्प पछिल्ला तीन राष्ट्रपतिको अनुपातमा १५ देखि ३२ प्रतिशत सम्म पछि भए ।
ट्रम्प रिपब्लिकन पार्टीका हुन् र उनको विरोधी डेमोक्रेटिक पार्टीका समर्थकले विभिन्न विषयमा ट्रम्पमाथि १४ देखि ३५ प्रतिशत सम्म भरोसा रहेको ब्यक्त गरेका छन् । रिपब्लिकन पार्टीका समर्थकहरुमा भने ७७ देखि ९० प्रतिशतसम्म ट्रम्पप्रति विश्वास भएको पाइएको छ ।
यो सर्र्भे ७ देखि ११ डिसेम्बरको बीचमा बालिगहरुसँग फोनमार्फत ५० अमेरिकी राज्यमा गरिएको बताइएको छ ।
जनताले ट्रम्पप्रति कम विश्वास गरेका विषयहरु

  •  ४७ प्रतिशतले ट्रम्प अमेरिकी फौज लाई बुद्धिमानी तरिकाले प्रयोग गर्ने ।
  • ४६ प्रतिशतले ट्रम्पले अन्तरराष्ट्रिय संकट सामना गर्न सक्षम हुने ।
  • ४४ प्रतिशत मानिसहरुले ट्रम्प प्रशासन ठूलो घोटाला रोक्न सफल हुने ।
  • जनताले ट्रम्प प्रति बढी विश्वास गरेका विषयहरु
  • ६० प्रतिशतले कांग्रेस संग प्रभाकारी ढंगबाट काम गर्ने विश्वास ।
  • ५९ प्रतिशतले अर्थव्यवस्था राम्रोसँग सम्हाल्ने ।
  •  ५५ प्रतिशतले विदेशमा अमेरिकी हित रक्षा गर्ने ।
  • ५३ प्रतिशतले राम्रो प्रशासन चलाउने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *