शीतलहरले तराईको जनजीवन प्रभावित

भक्तपुर न्यूज

२२ पुष २०७३ ४:५४

शीतलहरले तराईको जनजीवन प्रभावित

काठमाडौं, २२ पुस । शीतलहर सुरु भएसँगै तराईका विभिन्न जिल्लाहरु जनजीवन प्रभावित बनेको छ । शीतलहरका कारण तराईका धनुषा, बारा, पर्सा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही, सिन्धुली लगायतका जिल्लाको जनजीवन प्रभावित भएको हो । शीतलहरसँगै चिसो हावा चलेपछि बालबालिका र वृद्धवृद्धा बढी प्रभावित बनेका छन् ।
चार दिनदेखि दिनभर कुहिरो लाग्दै आएको छ भने घाम उदाएको छैन । कुहिरोका कारण राजमार्गमा सडक दुर्घटनाको सम्भावना बढेको भन्दै सवारीसाधन सीमित गतिमा चलाउन सम्बन्धित जिल्ला ट्राफिक प्रहरी कार्यालयले आग्रह गरेको छ । चिसोबाट बच्न अहिले घरघरमा घुर (आगो) ताप्न थालिएको छ । चिसो बढेसँगै बजारमा सर्वसाधारणको चहलपहल घटेको छ । चिसोले विशेषगरी रिक्सा चलाउने मजदुर बढी मर्कामा परेका छन् ।
अत्याधिक चिसोकै कारण निमोनिया, दम, झाडापखाला लगायतका बिरामीको संख्या पनि निकै बढेको छ । अस्पतालहरुमा बिरामीको चाप बढेसँगै उपचारमा समस्या हुन थालेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *