युवतीमाथि सामुहिक बलात्कार
काठमाडौं, २१ पुस । बाँकेको कोहलपुरमा एक युवतीमाथि सामुहिक बलात्कार भएको छ । हिजो साँझ करिब ८ बजेतिर कोहलपुरको साँझा नजिक अन्दाजी १८ बर्षिय किशोरीको सामुहिक बलात्कार भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । बलात्कारमा संग्लन रहेको भन्दै कोहलपुर प्रहरीले २ युवकलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा कनका ७ का १८ बर्षिय मुस्कान आचार्य र सोही ठाउँका १७ बर्षिय सेर सिकर्मी रहेका छन् । युवकहरुले साँझ घर पु¥याइदिने भन्दै आफ्नो कोठामा लगेर सामुहिक बलात्कार गरेको अनुसन्धानबाट खुल्न आएका छ ।
प्रहरीका अनुसार युवती र युवकहरु चिनेजानेका नै हुन् । घटनाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
९ चैत २०८१ १२:०५
अभिनेता सुशान्तसिंह राजपूतको मृत्युको मामिलामा नयाँ खबर
७ चैत २०८१ १३:३४
विद्युत् आपूर्तिका लागि भारतसँग पहल जारी : परराष्ट्रमन्त्री
८ चैत २०८१ १६:३८
युक्रेनको पावर प्लान्ट अमेरिकी नियन्त्रणमा रहने
९ चैत २०८१ १२:१५