संशोधन बिधेयक पास नभए स्थानिय तहको निर्वाचन हुदैन : ठाकुर
भक्तपुर, २१ पुस । तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरले संशोधन बिधेयक पास नभए स्थानिय तहको निर्वाचन नहुने बताएका छन् ।
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षत्कार कार्यक्रममा बोल्दै ठाकुरले संशोधन बिधेयक कानुन सम्वत रहेको र सरकार गठनकै क्रममा सत्तासिन दलहरुले आफ्नो माग पुरा गर्ने र बिगतमा एमालेले समेत वर्तमान संशोधन बिधेयकलाई मान्यता दिएता पनि वर्तमानमा बिरोध गरेको भन्दै संशोधन बिधेयक पास नभए स्थानीय तहको निर्वाचन नहुने बताए ।
उनले ५१ प्रतिशत जनसंख्या रहेको मधेशलाई २५ प्रतिशतमा सिमित पारेर ल्याईएको स्थानिय तहको पुनःसंरचनाको खाका मधेशी मोर्चालाई मान्य नहुने भन्दै जनसंख्याको आधारमा पुनः संरचना गरिनु पर्नेमा जोड दिए ।
उनले तत्कालिन सुशिल कोइरालाको नेतृत्वको सरकारको पालामा एमालेका अध्यक्ष केपी ओलीले यही संशोधनमा आफूले हस्ताक्षर गरेको भन्दै त्यसबेला राष्ट्रवादी हुने र हाल सोही संशोधन राष्ट्रघात हुने बिषय नभई संशोधनको बिरोधको नाममा बिरोध भइरहेको बताए ।
उनले अन्तरिम संबिधानले दिएको अधिकारलाई कुल्चिर्दै जसरी संबिधान जारी गरियो यसले पश्चगामी बाटो समातेको र नेपाली माझ जारी भएको संबिधान आवश्यकता अनुरुप परिवर्तनशिल रहेता पनि संशोधन नगरि बिफल पार्ने षड्यन्त्र भइरहेको आरोप लगाए ।
अंगिकृत नागरिकलाई जन्मसिद्ध नागरिक सरह अधिकार दिनु पर्ने बिषय हल्ला मात्र भएको भन्दै ठाकुरले बैवाहिक महिलालाई अधिकार दिनु पर्नेमा मधेशी मोर्चाको माग रहेको बताए ।
उनले मधेशी मोर्चालाई लैनचौर र भारतबाट सञ्चालन भइरहेको देख्ने हो भने नेपालको सबै राजनीतिक दलहरु उतैबाट सञ्चालन भइरहेको र सरकार समेत उतैबाट सञ्चालन भइरहेको भन्दै ब्यंग गरे ।
उनले संबिधान संशोधन गरि मधेशी, थारु र जनजाति लगायतको माग पुरा नभए मधेशी मोर्चा आन्दोलनमा जाने प्रष्ट पारे ।