चेल्सीको कीर्तिमान बनाउने सपना टुट्यो

भक्तपुर न्यूज

२१ पुष २०७३ ४:५२

चेल्सीको कीर्तिमान बनाउने सपना टुट्यो

एजेन्सी, २१ पुस । टोटनह्यामले इंग्लिस प्रिमियर लिगमा लगातार धेरै खेल जित्ने कीर्तिमान बनाउने चेल्सीको सपना तोडिदिएको छ । गएराति भएको खेलमा शीर्ष स्थानको चेल्सी टोटनह्यामसँग २–० ले पराजित हुँदै कीर्तिमान बनाउनबाट चुक्यो । लिगका पछिल्ला १३ खेलमा अपराजित चेल्सीको यो पहिलो हार हो । एकै सिजनमा लगातार १३ खेल जितेर क्लब कीर्तिमान बनाएको चेल्सी प्रिमियर लिगमा लगातार धेरै खेल जित्ने कीर्तिमान बनाउनबाट एक जित आवश्यक थियो । तर चेल्सीको कीर्तिमान बनाउने सपनामा टोटनह्याम बाधक बन्यो । गएरातिको खेल जितको भए चेल्सीले आर्सनलले बनाएको लगातार १४ खेल जितेको कीर्तिमानसँग बराबरी गर्ने थियो ।
टोटनह्यामका डेल अलीले पहिलो हाफको अन्तिम तथा दोस्रो हाफको नवौं मिनेटमा गरी दुई गोल गर्दै टोटनह्यामलाई २–० को जित दिलाएपछि चेल्सीको सपना सकिएको हो । लिगमा लगातार पाँचौं जित निकालेको टोटनह्यामले चेल्सीको विजयी यात्रा टुंग्यायो ।
यो हार सँगै चेल्सीले दोस्रो स्थानको लिभरपुलसँगको अंक दूरी ८ बनाउने मौका गुमायो । यद्यपी लिगको अंक तालिकामा चेल्सीको २० खेलबाट ४९ अंक छ । दोस्रो स्थानमा रहेको लिभरपुलको ४४ अंक छ । तेस्रो स्थानमा उक्लिएको टोटनह्यामको ४२ अंक भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *