रातो नम्बर आतङ्क फैलाउने गायिका र गायक पक्राउ

भक्तपुर न्यूज

२१ पुष २०७३ ४:२७

रातो नम्बर आतङ्क फैलाउने गायिका र गायक पक्राउ

काठमाडौं, २१, पुस । सामाजिक सञ्जालमा रातो नम्बरबाट फोन आएको भन्दै अफवाह फैलाएको आरोपमा गायिका प्रश्न्ना पाण्डे र गायक दीपक बराईलीलाई प्रहरीले हिजो पक्राउ गरेको छ । मोबाइल प्रयोगकर्तालाई रातो नम्बरबाट फोन आउने र त्यसले स्वास्थ्यमा गम्भीर जोखिम हुने भन्दै फेसबुक र ट्वीटरमा प्रचार गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
गायिका पाण्डेले आफूलाई रातो नम्बरबाट एनसेलको नम्बरमा फोन आएको भन्दै फेसबुकमा स्टाटस राखेकी थिइन् । जुन स्टाटसको आधारमा विभिन्न अनलाइनमासमेत नकारात्मक समाचार आएको थियो । तर प्रहरीले पक्राउ गरी सोधपुछ गर्दा उनको नम्बरमा रातो नम्बरबाट फोन नआएको भेटिएको थियो ।
सोही क्रममा गायक बराइलीले गुगलबाट एप्स डाउनलोड गरी फोन गर्दा रातो नम्बर देखिने बनाएको तथ्य खुलेपछि ब्युरोले बराइलीलाई पक्राउ गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *