गोरखा इको प्यानलमा ख्वपका बिद्यार्थी

भक्तपुर न्यूज

२० पुष २०७३ ९:०५

गोरखा इको प्यानलमा ख्वपका बिद्यार्थी

भक्तपुर पुष, २० । भुकम्प पश्चात पुनः निमार्णको कामले तिव्रता पाई रहेका बेला भक्तपुरमै भुकम्प प्रतिरोधात्मक भवन निमार्णको उदेश्यले खुलेको निर्माण सामाग्रीमा हरित क्रान्ति भन्ने नाराका साथ इको प्यानल उत्पादन गर्दै आएको इन्टरनेशनल ग्रीन डेभलपर्स नेपालको आज ख्वप कलेजमा अध्ययनरत विद्यार्थीहरुले शैक्षिक भ्रमण गरेका छन् । कलेजमा एमएस्सी वातावरण विज्ञान पहिलो वर्ष दोश्रो सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरुले भक्तपुरको हनुमान चा स्थित कारखानाको अवलोकन भ्रमण गरेका हुन् ।
निर्माण सामाग्री उत्पादन गर्दा वातावरणमा पर्ने प्रभावबारे वुभ्mन विद्यार्थीहरुले कारखानको प्रत्यक्ष अवलोकन भ्रमण गरे । भुकम्प प्रतिरोधात्मक भवन निमार्णमा टेवा पुराउँदै आएको इको प्यानल कसरी वन्छ भन्ने प्रविधिबारे जानकारी लिएका थिए ।

img_20170104_124852
अवलोनक पश्चात भ्रमणमा सहभागी विद्यार्थी सुवास वास्तोलाले वर्तमान समय पुनःनिमार्णको काम आम भुकम्प पिडितका लागि चुनौती बनेको समयमा प्रदूषण न्युनीकरणका लागि थर्माेकोलबाट बनेको इको प्यालन एउटा विकल्प भएको बताइन् । उनले अवलोकन पश्चात इन्टरनेशल ग्रीन डेभलपर्सले उत्पादन गर्दै आएको गोरखा इको प्यानल पूर्ण वातावरणमैत्री र सस्तो भएकाले सबैले यसको भवन निमार्णमा प्रयोग गरि लाभ लिनु पर्ने बताइन् ।
अर्का विद्यार्थी सृजना सुवालले दिगो विकासका लागि इको प्यानलको प्रयोग नव निमार्ण भवनका लागि सहयोगी देखिने बताए । यसका लागि हरेक निर्माण सामाग्री इको प्यानल जस्तै वातावरणमैत्री हुनुपर्नेमा उनले तर्क राखे ।
त्यस्तै अर्का विद्यार्थी सरिता न्हिसुतूले कारखानको भ्रमणपछि खेर जाने थर्माेकोललाई पुन प्रशोधन गरी निर्माण सामाग्रीमा प्रयोग गर्न सकिने अवलोकन पश्चात जानकारी पाएको बताईन् । अवलोकन भ्रमणको क्रममा इको प्यानल उत्पादन हँुदा कुनै पनि वातावरणलाई प्रतिकुल असर पर्ने उद्योगबाट खेर जाने बस्तु समेत नरहेको उनले बताईन् ।

logo
अवलोकन पछि कुरो गर्दै अन्जना सुवालले र रश्मी हाकुदुवालले आफ्नै देशमा नयाँं प्रविधिको प्रयोगबाट वातावरणमैत्री निर्माण सामाग्री उत्पादनमा जोड दिनु सकारात्मक रहेको बताए । उनीहरुले भने अवलोकन भ्रमणमा नेपालकै पहिलो आईएसओ मान्यता प्राप्त उद्योग आफ्नै घर आगनमा खुल्नु नेपालीको लागि गौरुवको बिषय हो । उनीहरुले भने आउँदा दिनहरुमा निमार्ण सामाग्री खरिद गर्दा उर्जाको बचत र वातावरण मैत्रि छनौट गर्न सके यसले सबैका लागि हित गर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *