पुस २४ भित्र सहमति जुटाउन प्रधानमन्त्रीलार्इ सभामुखकाे अाग्रह

भक्तपुर न्यूज

२० पुष २०७३ ५:०८

पुस २४ भित्र सहमति जुटाउन प्रधानमन्त्रीलार्इ सभामुखकाे अाग्रह

काठमाडौं, २० पुस । सभामुख ओनसरी घर्ती मगरले संसद बैठक खुलाउने बारे प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराएकी छिन् । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सभामुख घर्तीले दलहरुबिच सहमति कायम गर्न/गराउन प्रधानमन्त्री दाहाललाई मुख्य भूमिका निभाउन आग्रह गरिन् ।
उनले लगातार संसद बैठक अवरुद्ध हुँदै आएको र अबका दिनमा पनि अबरोध भए राजनीतिक संकट झन् गहिरिँदै जाने भन्दै संसद खुलाउन पहल गर्न प्रधानमन्त्री दाहाललाई आग्रह गरेकी उनका प्रेस संयोजक बबिन शर्माले जानकारी दिए ।
जवाफमा प्रधानमन्त्री दाहालले सहमतिका लागि सभामुख घर्तीले थालेको पहललाई धन्यवाद दिँदै अब संसद बैठक अवरुद्ध नहुने आश्वासन दिएका थिए । उनले संसद बैठक खुलाउन आफूले पहल गरिरहेको पनि बताए ।
सभामुख ओनसरी घर्तीले राजनीतिक गतिरोध अन्त्यका लागि भन्दै हिजो एमाले अध्यक्ष केपी शर्मा ओली, नेता सुवासचन्द्र नेम्वाङ तथा कांग्रेस नेता रामचन्द्र पौडेलसँग छुट्टाछुट्टै भेटघाट गरेकी थिइन् । सहमतिका लागि भन्दै सभामुखले हिजो दलहरुलाई २४ गतेसम्मको समय दिएकी छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *