आर्सनल र बर्नमाउथ बराबरीमा रोकिए

भक्तपुर न्यूज

२० पुष २०७३ ४:१९

आर्सनल र बर्नमाउथ बराबरीमा रोकिए

एजेन्सी, पुस २० । इङ्गलिश प्रिमियर लिग फुटबल गएराती भएको खेलमा आर्सनल र बर्नमाउथ बराबरीमा रोकिएका छन् । गएराती भएको बर्नमाउथको मैदानमा भएको खेल ३–३ गोलको बराबरीमा रोकिएको हो ।
खेलमा बर्नमाउथले लगातार तीन गोल गरेपछि ६९ मिनेटसम्म आर्सनल ३–० ले पछि परेको थियो । तर ७० औं मिनेटमा अलेक्सीस सान्चेजको गोलमार्फत खेलमा फर्किएको आर्सनलका लुकास पेरेज र ओलिभर जिरुले एक एक गोल थपेपछि खेल ३–३ गोलको बराबरीमा सकिएको हो ।
प्रिमियर लिग अन्तर्गत गएराती भएका अन्य खेलहरुमा स्वान्सी सिटीले क्रिष्टल प्यालेसलाई २–१ ले हराँउदा स्टोक सिटीले वाट्फोर्डलाई २–० ले पराजित गरेको छ ।
गएरातीका खेलहरुपछि प्रिमियर लिग फुटबलको अंक तालिकामा १९ खेलबाट ४९ अंक जोडेको चेल्सी शीर्ष स्थानमा कायमै छ । एक खेल बढी खेलेको लिभरपुल ४४ अंकसहित दोस्रो तथा म्यान्चेस्टर सिटी ४२ अंकसहित तेस्रो स्थानमा छ । ४१ अंक जोडेको आर्सनल चौथो स्थानमा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *