बन्दका कारण उपत्यकाको जनजीवन अांशिक रुपमा प्रभावित

भक्तपुर न्यूज

२० पुष २०७३ ४:११

बन्दका कारण उपत्यकाको जनजीवन अांशिक रुपमा प्रभावित

काठमाडौं, २० पुस । काठमाडौं उपत्यकाब्यापी सडक विस्तार पीडित संघर्ष समितिले आब्हान गरेको बन्दका कारण विहानैदेखि उपत्यकाको जनजीवन प्रभावित भएको छ । विहानदैखि यातायतका साधन चलेका छैनन् भने पसल पनि बन्द छन् । फाट्टफुट्ट रुपमा ट्याक्सी र निजी सवारी साधन चलेको प्रहरीले जनाएको छ । रिङ्ग रोडमा थोरै मात्रामा सार्वजनिक यातायातका साधन चलेका छन् । साझा यातायात पनि आजको बन्दमा संचालनमा छ । काठमाडौंबाट उपत्यकाबाहिर छुट्ने सवारी साधन पनि आज छुटेका छैनन् भने नागढुंगा, फर्पिङ, कोटेश्वरबाट कुनै सवारी साधन उपत्यका नभित्रिएको ट्राफिक प्रहरीले जनाएको छ ।
विभिन्न १० वटा माग राखेर संघर्ष समितिले उपत्यका बन्द आब्हान गरेको हो । उपत्यकाबासीका आफ्ना पुख्र्यौली थातथलो घर जग्गाबाट सडक विस्तारका नाममा मुआब्जा नदिइ उठिबास लगाउने कार्यको विरोध स्वरुप बन्द आब्हान गरिएको संघष समितिले जनाएको छ ।
सरकारले हचुवाको घरमा घर भत्काउन लागेका कारण कतिपय घरधनीले डिप्रेसनको शिकार भएको हुदाँ त्यस विषयमा पनि सरकारको ध्यानाकर्षण गर्न बन्द आब्हान गरेको समितिले जनाएको छ । विभिन्न स्थानका २४ वटा संघर्ष समिति मिलेर उनीहरुले बन्द आब्हान गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *