​उत्तरकोरियाले अमेरिकासम्म पुग्ने परमाणु बनाउन सत्तैन् : ट्रम्प

भक्तपुर न्यूज

१९ पुष २०७३ ११:३६

​उत्तरकोरियाले अमेरिकासम्म पुग्ने परमाणु बनाउन सत्तैन् : ट्रम्प

एजेन्सी, १९ पुस । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्विटरमा दाबी गर्दै लेखेका छन् उत्तर कोरियाले पनि कुनै यस्तो खालको परमाणु मिसाइल बनाउदैन जुन अमेरिकासम्म आउने क्षमता राखोस् । उत्तर कोरियाका नेता किम जोंग उनले उत्तर कोरियाको मिसाईल सम्बन्धी जानकारी दिएपछि ट्रम्पले यस्तो अभिव्यक्ति दिएका हुन् । उनले भनेका थिए उत्तर कोरिया अंतरमहाद्वीपीय बैलिस्टिक मिसाइलको निर्माणको अन्तिम चरणमा छ ।
अमेरिकाको हिस्सासम्म पुग्ने गरी ब्यालेस्टिक बनाइएको खबरलाई खण्डन गर्दै ट्रम्पले भने उत्तर कोरियाले अमेरिका सम्म आउने परमाणु हतियार बनाउने क्षमता राख्दैन् । यद्यपि वाशिंगटनले उत्तर कोरिया कहिलेपनि परमाणुमा शक्तिशाली छ भन्ने कुरालाई स्विार्दैन् ।
गत महिना ट्रम्पले भनेका थिए की अमेरिका आफ्नो परमाणु क्षमतालाई मजबुत बनाउन चाहन्छ । नवनिर्वाचित राष्ट्रपतिले चीनलाई पनि सैन्य विस्तारवाद र मुद्रामा हेरफेरको आरोप लगाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *