तेह्रथुमका अग्निपीडितलाई एक करोड दिने प्रधानमन्त्रीको घोषणा

भक्तपुर न्यूज

१९ पुष २०७३ ११:३१

तेह्रथुमका अग्निपीडितलाई एक करोड दिने प्रधानमन्त्रीको घोषणा

काठमाडौं, १९ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगलागीबाट क्षति पुगेको तेह्रथुमको संक्रान्ति बजार पुनर्निर्माणका लागि एक करोड रुपैयाँ सहयोग गर्ने भएका छन् ।
पुस १ गते आगलागीले क्षति पुर्‍याएको संक्रान्ति बजारको आज निरीक्षण गर्दै उनले यस क्षेत्रको पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत तथा उद्धारकोषबाट १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् ।
संक्रान्ति बजार पुनर्निर्माण तथा पुनस्र्थापना कोषमा विभिन्न व्यक्तिले गरेको सहयोगबाट अहिलेसम्म १२ लाख रुपैयाँभन्दा बढी संकलन भईसकेको छ ।
गत पुस १ गते दिउँसो लागेको आगोबाट ३२ घर र ५६ परिवारमा क्षति भएको छ । आगलानीबाट १४ करोड ८ लाख क्षति भएको क्षति थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *