ब्राजिलको जेलमा झडप हुदा मृत्यु हुनेको संख्या ५६ पुग्यो

भक्तपुर न्यूज

१९ पुष २०७३ ५:१८

ब्राजिलको जेलमा झडप हुदा मृत्यु हुनेको संख्या ५६ पुग्यो

एजेन्सी, १९ पुस । ब्राजिलको एक जेलमा कैदीबीच भएको झडपमा परि ५६ जनाको मृत्यु भएको छ । ब्राजिलको उत्तरी राज्य अमेजोनसमा रहेको जेलमा लागूऔषध तस्करीको आरोपमा पक्राउ गरी राखिएका कैदी बन्दीबीच झडप हुँदा अन्य केही घाइते भएका छन् । टाउको काटिएका ६ जनाको शव जेलको पर्खालबाट फालेपछि जेलमा कैदीबन्दीबीच झडप सुरु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
१७ घण्टासम्म कैदीबन्दीबीच भएको झडपका क्रममा केही कैदी फरार भएका छन् । फरार भएका मध्ये ४० जनालाई भने पक्राउ गरिएको सरकारी अधिकारीहरुले बताएका छन् ।
क्षमता भन्दा बढी कैदी रहेको जेलमा कैदीले १२ जना सुरक्षाकर्मीलाई बन्धक बनाएका थिए । तर १७ घण्टापछि उनीहरुले आत्मसमर्पण गरेका छन् । चार सय ५४ जनाको क्षमता रहेको जेलमा १२ सय २४ जना कैदी रहेका छन् ।
ब्राजिल विश्वमा धेरै कैदीबन्दी रहेको देशको सूचिमा चौथो स्थानमा छ । ब्राजिलमा ६ लाख भन्दा धेरै कैदीबन्दी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *