तीन दलको बैठक निष्कर्षबिहीन
काठमाडौं, १८ पुस । संसदको जारी गतिरोध अन्त्य गर्न भन्दै बसेको मुख्य तीन दलको बैठक बिना निष्कर्ष सकिएको छ । संविधान संशोधनको विषयमा उत्पन्न गतिरोध अन्त्य गर्ने विषयमा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेका शीर्ष नेताहरुको बैठकमा सहमति हुन नसकेको हो ।
सिंहदरबारमा बसेको बैठकमा शीर्ष नेताहरुल आफ्नो अडानबाट पछि नहटेपछि कुनै निष्कर्ष निस्किन सकेन् । बैठकमा एमालेले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव फिर्ता लिनुपर्ने अडान राखेको थियो । एमालेले संशोधन प्रस्ताव फिर्ता लिए अहिले देखिएको गतिरोध अन्त्य हुने जनाएको थियो ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले संशोधन प्रस्ताव फिर्ता भए मात्र सहमति हुन सक्ने बताए ।
कांग्रेस नेता रामचन्द्र पौडेलले सहमतिको प्रयास कायमै रहेको बताए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२७ जेठ २०८२ ८:५४
एसियन कप छनोट : नेपाल र लाओस भिड्दै
२७ जेठ २०८२ ८:४३
कोशी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
२७ जेठ २०८२ १४:४५
दश महिनामा साढे १३ खर्ब बढी रेमिट्यान्स भित्रियो
२७ जेठ २०८२ १४:४३
सुन तोलामा ६ सय रुपैयाँ घट्यो, चाँदीको भाउमा नयाँ रेकर्ड
२७ जेठ २०८२ १४:४७