प्याब्सन नेपाल भक्तपुरको अध्यक्षमा के.सी.
भक्तपुर, १८ पुस । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) नेपाल भक्तपुरको अध्यक्षमा श्रीकृष्ण केसी सर्वसम्मतले निर्वाचित भएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) नेपाल भक्तपुरको छैठौं अधिवेशनबाट केसी निर्विरोध निर्वाचित भएका छन् ।
प्याब्सन नेपाल भक्तपुरका वरिष्ठ उपाध्यक्षमा चन्द्र अधिकारी, उपाध्यक्षद्वय सुरेन्द्र श्रेष्ठ, रमेशचन्द्र श्रेष्ठ, सचिव सेमन्तराज सुवेदी, कोषाध्यक्ष राजन कसपाल, सहसचिव वीणा पाण्डे, डिल्लीराज जोशी, सहकोषाध्यक्ष एन.के. श्रेष्ठ निर्वाचित भएका छन् ।
सदस्यमा तारा शिवाकोटी, कुमार श्रेष्ठ, विजय कर्माचार्य, सुमन बस्नेत, भोलाप्रसाद चौधरी, कृष्ण कार्की, विष्णुकुमारी गोदार थापा, लक्ष्मी कुटु, त्यसैगरी लेखा समिति संयोजकमा रत्नमान शङ्खदेव तथा सदस्यमा नारद खड्का, कृष्णहरि ग्वाछा र अनुशासन तथा सुपरिवेक्षण समिति संयोजकमा सानुराजा कार्की र सदस्यमा टङ्क सिटौला, सूर्यबहादुर भण्डारीलाई निर्वाचित भएका छन् ।
महाधिवेशन प्रतिनिधिमा निलेश आचार्य, भक्त राजभण्डारी, सुरेन्द्रविक्रम प्रजापति, श्रीनारायण यादव, धर्मरत्न खाइतु, शिवकृष्ण श्रेष्ठ, रामप्रसाद सुवेदी र हरिदेव गिरी चयन भएका छन् ।