लहानमा आगोलागी हुँदा तीन लाखको क्षति
लहान, १८ पुस । सिरहाको लहानमा गएराति आगलागी हुँदा करिब तीन लाख मूल्य बराबरको क्षति भएको छ । लहान नगरपालिका–२२ निवासी रामचन्द्र चौधरीको गाईगोठमा आगलागी हुँदा गोठ पूर्णरुपमा जलेर नष्ट हुनुका साथै गोठमा रहेको एक वटा गोरु, एक वटा बाछा र एक वटा बाख्रा जलेर मरेको प्रहरीले जनाएको छ । राति ११ बजेतिर भएको उक्त आगलागीमा परी अन्य चार थान चौपाया जलेर घाइते भएका छन् ।
सो आगलागीबाट करिब रु तीन लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीको टोली र स्थानीयवासीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा आएको स्थानीयवासीले बताएका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १२:१८
पश्चिम नेपालका १२ जिल्ला भारी वर्षाको उच्च जोखिममा
१५ असार २०८२ १६:१९
युक्रेनमाथि रुसको सबैभन्दा ठूलो हवाई आक्रमण
१५ असार २०८२ १६:२५