दृष्टिविहिन गायिका मेनुकाको झ्याना कुटी झ्याई झ्याई
काठमाडौं, १८ पुस । पुष्कर सुनुवार र मेलिना राईको स्वरमा रहेको झ्याना कुटी झ्याई झ्याई बोलको गीतको कभर रिलिज भएको छ । कभरमा गायिका मेनुका पौडेल र मोहन मगरले पनि स्वर दिएका छन् । गायिका मेनुका पौडेल दृष्टिविहिन हुन् । निकै संघर्षका साथ सांगीतिक क्षेत्रमा खुट्किलो चढ्दै गरेकाले यो गीतको भिडियो हेरेर साथ दिन गायिका पौडेलको आग्रह छ ।
यो गीतमा अहिलेसम्म झण्डै १० जोडिले स्वर दिइसकेका छन् भने अरु केहीले पनि अझै रेकर्ड गराइरहेका छन् । गायिका मेनुका, रेडियो नेपालमा भएको नेपाली आधुनिक गीत प्रतियोगिता २०७२ सालको विजेता हुन् । उनले सुवासचन्द्र ढुंगेलको रचना कस्तो कस्तो दिन पनि आयो हरे जिन्दगीमा बोलको गीत गाएकी थिइन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
