अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपाललाई १२ स्वर्ण
काठमाडौं, १८ पुस । भारतको कोलकातामा भएको पहिलो खुल्ला टिआइए अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालले १२ स्वर्णसहित ३५ पदक जितेको छ । पाँचदिन चलेको च्याम्पियनसिपमा नेपालले १२ स्वर्ण, ८ रजत र १५ काँस्य पदक जितेको हो । नेपालले फाइटमा ९ र पुम्सेमा ३ स्वर्ण पदक हात पारेको हो । नेपाली टोलीका प्रशिक्षक रोसन खान उत्कृष्ट प्रशिक्षक चुनिए ।
च्याम्पियनसिपमा नेपाल, कोरिया, मलेसिया, जापान, इन्डोनेसिया बंगलादेशलगायत ९ देशका खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
