भट्टाका बालश्रमिक र डलर खेती

भक्तपुर न्यूज

१७ पुष २०७३ ९:३७

भट्टाका बालश्रमिक र डलर खेती

भक्तपुर । भक्तपुरका ईटा भट्टाहरुमा बालश्रमीक मुक्त अभियान कागजमै सिमित बन्दा डलर खेतीको चर्चाले राम्रै आम्दानीको मौका पाएको छ । भक्तपुरमा खुलेका ईटा भट्टामा काम गर्ने बालबालिकाको अवस्थाका विषयमा जसरी बेलामौकामा चासो दिने गरिन्छ र यसलाई चर्चाको बिषय बनाउने गरिन्छ, यो आफैमा अध्ययनको विषय बनेको छ ।
एनजिओ र आईएनजिओहरुहरुले बेला मौकामा बिभिन्न होटेल र रेष्टुरामा गर्ने कार्यक्रममा भक्तपुरका ईटा भट्टाहरुमा बालश्रमीक मुक्त अभियानमा सफल भएको घोषणा गर्दै बजेट सक्ने काम गरेता पनि ब्यवहारमा भने त्यसो नभएको बिभिन्न ईटा भट्टामा काम गरिरहको बाललालिका नियालेपछि सहजै अनुमान लगाउन सकिन्छ, डलरको खेतीमा लागेकाहरुले काम नभएर हल्ला मात्र गरेको भनेर ।
बिभिन्न संघ संस्थाहरुले बालबालिकाको शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेको लगानी बालुवामा पानी खनाए सरह भईरहेको भट्टामै काम गरिरहेका मजदुरहरु बताउँछन् । उनीहरुको गुनासो रहेको छ हाम्रा बच्चा बच्चीको नाम बेचेर रकम कुम्ल्याएका छन् अनि भट्टामा रहेका बालबालिकाको नाम बेचेर खाएका छन् ।
एक जानकार भन्छन् भट्टामा रहेका बालश्रमिकको अवस्था विभिन्न संघ संस्थाले दिने गरेको जानकारी भन्दा कहाली लाग्दो छ तर सक्नेहरुले यो पक्षलाई भजाएर खाने गरेको देखिन्छ । उनी भन्छन् भक्तपुरमा भट्टामा काम गर्ने बालश्रमीकका नाममा हुने मँहगां होटेलका बैठक र तिनकै नाममा हुने गरेको आर्थिक चलखेललाई हेर्ने हो भने ईटा भट्टाका बालबालिका धेरैका लागि दुहोनो गाई बनेका छन् । भट्टामा रहेका बालबालिका लाई भन्दै आएको रकमको दुरुपयोग गर्दै आएका विभिन्न संघ संस्थाहरुमा काम गर्नेहरुले राम्रै आम्दानी गरेता पनि बालबालिकाको अवस्था भने उस्तै रहेको बताउँछन् यस क्षेत्रलाई लामो समय सम्म बुझेकाहरु ।
एक भट्टा सञ्चालक भन्छन् पछिल्लो समयमा भट्टामा काम गर्ने बालबालिकाको नाममा खुलेका विभिन्न राष्ट्रिय र अन्तराष्ट्रिय स्तरका डलर कम्पनीको आम्दानीमा रमाउनेहरुले जती काम गर्नु पर्ने हो त्यसो हुन नसक्दा बालवालिकाको नाममा आएको रकमको दुरुपयोग भएको देखिन्छ । यसरी बिदेशीको डलरलाई कहाँ प्रयोग गरिएको छ भन्ने स्पष्ट जानकरी दिन नसकेता पनि बिभिन्न भत्ते कार्यक्रम र विभिन्न होटेल रेष्टुराको मिष्ठान्न भोजनमै सिमित पारेको समेत उनी बताउँछन् ।
यसरी भट्टाका बालबालिकाको निमित्त जसरी काम सुरुवात भएको छ त्यो सकारात्मक पक्ष देखिएता पनि बिदेशीको डलरलाई एनजीओ र आईएनजीओका पदाधिकारीहरुले गरिरहेको लूटलाई नियन्त्रण गरि सहि स्थानमा रकम प्रयोग भईदिएका खण्डमा यसले भट्टामा कार्यरत बालबालिकाको जीवनमा ठूलो परिवर्तन ल्याउनेमा कुनै दुई मत छैन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *