मन्त्री इम्मानुएलको गोली हानी हत्या

भक्तपुर न्यूज

१७ पुष २०७३ ९:०४

मन्त्री इम्मानुएलको गोली हानी हत्या

एजेन्सी, १७ पुस । बुरुन्डीका पानी, वातावरण र योजना मन्त्री इम्मानुएल नियोन्कुरुको राजधानी बुजुम्बुरामा आज बिहानै गोली हानी हत्या गरिएको छ । नियोन्कुरुको आज हत्या भएको प्रहरी प्रवक्ता पाइर्रे कुरिकियले सामाजिक सञ्जाल ट्विटरमार्फत् जानकारी दिएका छन् । स्थानीय समयानुसार राति पौने १ बजे आफ्नो घरबाट रोहेरो भन्ने स्थानमा जार्दै गर्दा अपराधिहरुका एक समूहले गरेको आक्रमणमा परी नियोन्कुरुको मृत्यु भएको हो । घटनास्थलबाट प्रहरीले एक जना महिलालाई पनि पक्राउ गरेको छ ।
राष्ट्रपति पेइर्रे कुरुन्जीजाले पनि मृतकका आफन्त र बुरुन्डीका जनताप्रति सहानूभूती व्यक्त गदै हत्यारालाई कारबाही गरिछाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् छ । बुरुन्डीमा सन् २०१५ बाट सुरु भएको हिंसाका कारण अहिलेसम्म पाँच सय जनाको मृत्यु भएको छ भने तीन लाख जना विस्थापित भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *