बंगलादेशमा सांसद इस्लामको गोली हानी हत्या
एजेन्सी, १७ पुस । बंगलादेशका सांसद मन्जुरुल इस्लामको गोली हानी हत्या भएको छ । सत्तारुढ अवामी लिग पार्टीका सांसद इस्लामको उत्तरी क्षेत्र गैबन्धा जिल्लामा हत्या भएको हो ।
तीन जना बन्दुकधारीले सांसद इस्लामको घरमै पसेर गोली हानी हत्या गरेका हुन् । उनलाई पाँच गोली लागेको थियो । उनको हत्यापछि आक्रमणकारी मोटरसाइकलमा चढेर भागेको प्रहरीले जनाएको छ । हत्याराहरुको खोजी भइरहेको प्रहरी अधिकारीहरुले जनाएका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
