इस्तानबुलमा आक्रमणमा ३५ को मृत्यु

भक्तपुर न्यूज

१७ पुष २०७३ ८:५३

इस्तानबुलमा आक्रमणमा ३५ को मृत्यु

एजेन्सी, १७ पुस । टर्कीको इस्तानबुलमा आक्रमण हुँदा कम्तिमा पनि ३५ जनाको मृत्यु भएको छ भने ४० जना भन्दा धेरै घाइते भएका छन् । सयौंले भागेर ज्यान जोगाएका छन् ।
सान्टा क्लजको पोशाकमा रहेका आक्रमणकारीले रेइना नाइट क्लबमा आक्रमण गरेको बिबिसीले जनाएको छ । इस्तानबुलमा आक्रमणको उच्च खतरा रहेको भन्दै १७ हजार प्रहरी खटाइएको थियो । आक्रमणपछि आक्रमणकारीले सिरियाको अलेप्पोमा भएको आक्रमणमा रसियाको संलग्नता रहेकाले बदला लिएको भन्दै कराएको खबरमा उल्लेख छ ।
योसँगै सन् २०१६ मा टर्कीमा मात्रै ७ वटा आक्रमण भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *