संयुक्त राष्ट्रसंघको नयाँ महासचिवमा गुटेरेश
एजेन्सी, १७ पुस । संयुक्त राष्ट्रसंघका नयाँ महासचिवमा आजबाट एंन्टोनियो गुटेरेश नियुक्त भएका छन् । पोर्चुगलका पूर्व प्रधानमन्त्री समेत रहेका गुटेरेशले आजबाट युएन चिफको जिम्मेवारी सम्हाल्दै छन् । वर्तमान महासचिव वान कि मुनको पदावधि आजैबाट सकिएको छ । उनको ठाउँमा गुटेरेश नियुक्त भएका हुन् ।
नवनियुक्त महासचिव गुटरेशको कार्यकाल आज (सन् २०१७ जनवरी, १) बाट सन् २०२२ डिसेम्बर ३१ सम्म रहनेछ । उनी गत अक्टोबरमा भएको निर्वाचनमा युएन महासचिवमा निर्वाचित भएका हुन् ।
सन् १९७६ सालदेखि राजनितिमा प्रवेश गरेका उनले सोहि साल पोर्चुगलमा रहेको तानाशाह अन्य गर्दै लोकतन्त्र ल्याउन भएको आन्दोलन सहभागीता जनाए । त्यसलगत्तै सन् १९ ९२ मा सोसिलिस्ट पार्टीको नेता बनेका उनी सन् १९९५ मा देशको प्रधानमन्त्री बन्न सफल भए । गुटेरेश संयुक्त राष्ट्र संघको शरणार्थी सम्बिन्धी काम गर्ने संस्था युएनएसिआरमा सन् २००५ देखि २०१५ सम्म प्रमुख रहेका थिए ।
सिरिया अफगानिस्थान, ईराक सहित विश्वको शरणार्थी समस्या समाधानमा उनको भूमिका महत्वपूर्ण रहेको छ ।