सन् २०१६ मा विश्वभर ९३ जना पत्रकारको हत्या
एजेन्सी, १७ पुस । सन् २०१६ मा विश्वभरी ९३ जना पत्रकार तथा सञ्चारकर्मीको हत्या भएको अन्तर्राष्ट्रिय पत्रकार महासंघ आइएफजेले जनाएको छ । आइएफजेकाअनुसार आतंकवादी आक्रमण, विस्फोट लगायतका घटनामा धेरै पत्रकारले ज्यान गुमाए भने कोलम्बिया र रुसमा भएको हवाइ दुर्घटनामा २९ जनाले ज्यान गुमाएका थिए ।
आइएफजेका अनुसार पत्रकारका लागि सबैभन्दा असुरक्षित देशमा इराक र अफगानिस्तान रहेका छन् । २०१६ मा इराकमा १५ र अफगानिस्तानमा १३ जनाको ज्यान गएको तथ्यांकमा उल्लेख छ । त्यस्तै मेक्सिकोमा ११, यमनमा ८, ग्वाटेमालामा र सिरीयामा ६ तथा भारत र पाकिस्तानमा ५र५ जना मारिएका छन् । यद्यपि यो संख्या गएका वर्षहरु भन्दा कम भएको आइएफजेको भनाई छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
९ वैशाख २०८२ १६:३४
सिडिओको नेतृत्वमा १२ कक्षाको परीक्षा सञ्चालन गरिँदै
९ वैशाख २०८२ १३:२२
कक्षा १२ को परीक्षा निर्धारित मितिमै गर्ने निर्णय
८ वैशाख २०८२ १४:०८
राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन खुला
८ वैशाख २०८२ १४:२४
सर्वोच्च धर्मगुरु पोप फ्रान्सिसको ८८ वर्षमा निधन
९ वैशाख २०८२ १७:१०