एमाले संशोधनबाट भाग्यो : पौडेल

भक्तपुर न्यूज

१७ पुष २०७३ ८:२२

एमाले संशोधनबाट भाग्यो : पौडेल

काठमाडौं, १७ पुस । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रमुख प्रतिपक्षी एमालेले सदन चल्न नदिएर मधेसको उपेक्षा गरेको आरोप लगाएका छन् । नेता पौडेलले आफू सरकारमा रहँदा संविधान संशोधन गरेर मधेसी जनताको माग सम्बोधन गर्नुपर्छ भन्ने एमाले सत्ताबाट बाहिरिएपछि एकाएक संशोधनबाट भागेको आरोप लगाए ।
नेपाल प्रेस युनियन, तनहुँ शाखाले आज बिहान दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले यस्तो बताएका हुन् ।
मधेसका असन्तुष्ट पक्षलाई सबै पार्टी मिलेर समाधान गर्नुको विकल्प नभएको भन्दै उनले संशोधनबाट भाग्नु र सदन चल्न नदिनु उपयुक्त मार्ग नभएको उल्लेख गरे ।
देश अहिले फरक मोडबाट अघि बढिरहेको भन्दै नेता पौडेलले स्थानीय निकायको चुनाव जतिसक्दो चाँडो गर्नुपर्नेमा जोड दिए । साथै उनले काँग्रेस, एमाले र माओवादी केन्द्र मिलेर नै संविधान जारी गरिएकाले संशोधनका लागि पनि मिल्नु अत्यावश्यक रहेको धारणा राखे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *