आज चौथो अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदै

भक्तपुर न्यूज

१७ पुष २०७३ ६:४६

आज चौथो अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदै

काठमाडौं, १७ पुस । आज चौथो अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ । हाम्रो शान, हाम्रो पहिचान ः नेपाली टोपी अभियान भन्ने नाराका साथ यस वर्षको टोपी दिवस मनाईंदैछ ।
नेपाली टोपीको प्रयोगलाई अझै व्यापक र विश्वमय बनाउने उद्देश्यले सन् २०१४ जनवरी १ देखि विश्वभर अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदै आएका हो ।
दिवसको अवसरमा हाम्रो मान हाम्रो शान र पहिचान, नेपाली पोशाकलाई सम्मान, हाम्रो अभियान मेरो ढाका टोपी, मेरो गौरव, मेरो पहिचान लगायतको नारा लेखिएका प्लेकाड सहित काठमाडौंको माइतीघर मण्डलामा विशेष कार्यक्रम हुँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *