सर्वसाधारणलाई झुक्याएर मृगौला विक्री गर्ने गिरोह पक्राउ

भक्तपुर न्यूज

१४ पुष २०७३ ११:११

सर्वसाधारणलाई झुक्याएर मृगौला विक्री गर्ने गिरोह पक्राउ

काठमाडौं, १४ पुस । नेपालबाट सर्वसाधारणलाई झुक्याएर भारत लगी मृगौला विक्री गर्ने एक गिरोहलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले गिरोहका तीन जनालाई आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काभ्रे महादेवस्थानका विनुबहादुर तिमिल्सिना, दोलखा भिमेश्वरका प्रकाश बस्नेत र कास्की डाङसीङका भिमप्रसाद न्यौपाने रहेका छन् । उनीहरुले पाँच जनाको मृगौला विक्री गरेको समेत खुलासा भएको छ । गिरोहका अन्य दुई जनाको खोजी जारी रहेको प्रहरीले जनाएको छ । सो समूहले सर्वसाधारणलाई झुक्याएर बेहोस बनाएर भारत लगी मृगौला विक्री गर्ने गरेको आरोप लगाइएको छ ।
यसअघि सन् २००८मा पनि भारतीय डाक्टर अमितकुमारलाई मृगौला तस्करीमा संलग्न रहेको आरोपमा चितवनबाट पक्राउ गरिएको थियो ।
नेपालका विभिन्न ग्रामीण क्षेत्रबाट सयौं मानिसलाई विभिन्न प्रलोभन देखाएर भारत लगी मृगौला विक्री गरिएको खबर पटक पटक संचारमाध्यममा आएको छ । काभ्रेको होक्सेमा मात्रै दुई सय भन्दा बढी व्यक्तिको मृगौला विक्री गरिएको तथ्यांक छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *