भ्रष्टाचारीलाई हेलिकप्टरबाट खसाल्ने चेतावनी
एजेन्सी, १४ पुस। फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तले देशका भ्रष्ट अधिकारीहरुलाई हेलिकोप्टरबाट खासालेर मार्नेसम्मको चेतावनी दिएका छन् । अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमका अनुसार दुतेर्तेले आफूले यस्तो काम यसअघि पनि गरिसकेको भन्दै भ्रष्टहरुलाई हेलिकोप्टरबाट खसाल्ने चेतावनी दिएका हुन । कामारिनस सुर प्रान्तको तागालोगमा एक भीडलाई सम्बोधन गर्दै दुतेर्तेले भने, म भष्ट्राचारीलाई हेलिकप्टरमा हालेर यहाँबाट मनिला लिन्छु र बीचैमा हेलिकप्टरबाट बाहिर खसाल्छु । मैले यस्तो काम यसअगाडि पनि गरेको छु, मैले दोहोर्याउँदिन भन्ने के छ ?
डावाकोको मेयर हुँदा एक अपहरणकारीलाई उडिरहेको विमानबाट उनले फालेका थिए । छ महिनाअघि फिलिपिन्सको राष्ट्रपतिमा निर्वाचित भएका दुतुर्ते बेलाबेलामा विवादास्पद अभिव्यक्तिका कारण चर्चामा आइरहन्छन्। डुटेर्टे सत्तामा आएयता फिलिपिन्समा लागुऔषध विरुद्धको कारवाहीमा झण्डै ६ हजार जनाको मृत्यु भइसकेको छ ।