कपिलबस्तु भन्सारमा गोली चल्यो, दुई प्रहरी घाइते
काठमाडौं, १४ पुस । कपिलवस्तुको नेपाल भारत सीमा भन्सार कृष्णनगरमा गोली चल्दा दुई जना सशस्त्र प्रहरी घाइते भएका छन् ।
गोली लागेर हबल्दार कर्णबहादुर पुन र मोहन श्रेष्ठ घाइते भएका छन् । पुनको कुममा र श्रेष्ठको हातको औंलामा गोली लागेको छ । दुबैजना खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
दिउँसो करिब दुई बजेतिर भारत तर्फबाट गोली चलेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । सशस्त्र प्रहरी भन्सार गुल्म कपिलवस्तुका कार्यालय प्रमुख तारिखचन्द्र चौधरीका अनुसार एयर गनबाट गोली चलाइएको प्रारम्भिक अनुमान गरिएको छ । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
उनका अनुसार तस्करहरुको समूहले गोली चलाएको अनुमान गरिएको छ । गोली चलाउनेहरुको खोजी भइरहेको र यसबारे थप अनुसन्धान पनि भइरहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३