चीनको कम्युनिष्ट पार्टीको भवनमा आतंकवादी हमला

भक्तपुर न्यूज

१४ पुष २०७३ ५:५५

चीनको कम्युनिष्ट पार्टीको भवनमा आतंकवादी हमला

एजेन्सी, १४ पुस । चीनको सेन्ज्याङ प्रान्तमा रहेको कम्युनिष्ट पार्टीको भवनमा आतंकवादी हमला भएको छ । चिनियाँ प्रहरीका अनुसार घटनामा संलग्न चार जना प्रहरी कारवाहीमा मारिएका छन् ।
काराकाक्स काउन्टीमा रहेको उक्त भवनमा चारजना व्यक्तिले गाडी ठोक्काउँदै विस्फोट गराएका थिए । उक्त विस्फोटमा एक जनाको मृत्यु भएको र तीन जना घाइते भएको बताइएको छ ।
चिनियाँ मिडियाले उक्त हमला आतंकवादी हमलाको संज्ञा दिएको छ । मुस्लिम उइघिुर समुदायको बसोबास रहेको उक्त क्षेत्रमा लामो समयदेखि तनाव रहेको छ । सिन्ह्वाले घटनामा संलग्न चार जनाको विस्फोटमा मृत्यु भएको वा प्रहरी कारवाहीमा मारिएको भन्ने खुलाएको छैन । चीनको सबैभन्दा ठूलो प्रान्त सेन्ज्याङ स्वायत्त राज्य रहेको छ । यसको सीमामा ८ वटा देश रहेका छन् जसमा सोभियत सेन्ट्रल एसियन रिपब्लिक, मंगोलिया, अफगानिस्तान, पाकिस्तान र भारत रहेका छन् । उइघुर टर्किक मुस्लिमहरु हुन् । उनीहरुले सेन्ज्याङको ४५ प्रतिशत जनसंख्या ओगट्छन्, ४० प्रतिशत हान चिनियाँहरु रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *