टोटनह्यामले साउथह्यामप्टनलाई ४–१ ले हरायो

भक्तपुर न्यूज

१४ पुष २०७३ ४:५६

टोटनह्यामले साउथह्यामप्टनलाई ४–१ ले हरायो

एजेन्सी, १४ पुस । इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा टोटनह्याम विजयी भएको छ । टोटनह्यामले साउथह्यामप्टनलाई ४–१ ले हराएको हो ।
टोटनह्यामको जितमा डेल अलीले दुई तथा ह्यारी केन र सन ह्युङ मिनले एक एक गोल गरे । साउथह्यामप्टनका लागि भान डिजेकले एक गोल गरे ।
दोस्रो मिनेटमा नै डिजेकले गोल गर्दै साउथह्यामप्टनलाई सुरुवाति अग्रता दिलाएका थिए । १९ औं मिनेटमा अलीले टोटनह्यामका लागि बराबरी गोल फर्काए । पहिलो हाफमा १–१ को बराबरी भएको खेलमा ५२ औं मिनेटमा केनले गोल गर्दै टोटनह्यामलाई अग्रता दिलाए । ५७ औं मिनेटमा नाथन रेडमण्ड रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि साउथह्यामप्टन १० खेलाडीमा सीमित भयो । त्यसपछि पाएको पेनाल्टीमा केनले गोल गर्न सकेनन् । ८५ औं मिनेटमा सनले गोल गरेपछि टोटनह्यामले ३–१ को अग्रता लियो । ८७ औं मिनेटमा अलीले व्यक्तिगत दोस्रो गोल गरेपछि टोटनह्याम ४–१ ले विजयी भयो ।
जितपछि पाँचौं स्थानको टोटनह्यामको १८ खेलबाट ३६ अंक भएको छ । २४ अंकसहित साउथह्यामप्टन आठौं स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *