नेपालले माल्दिभ्सलाई ९-० ले हरायो

भक्तपुर न्यूज

१४ पुष २०७३ ४:५०

नेपालले माल्दिभ्सलाई ९-० ले हरायो

काठमाडौं, १४ पुस । चौथो महिला साफ च्याम्पियनसिपमा नेपालले माल्दिभ्सलाई ९–० गोल अन्तरले पराजित गरेको छ । जितसँगै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।
भारतको सिलिगुडीमा रहेको कन्चनजंङ्गा रङ्गशालामा हिजो भएको खेलमा नेपालकी साबित्रा भण्डारीले ५ गोल गरिन् । साबित्राले माल्दिभ्सविरुद्ध खेलको १२ औँ, २८ औँ, ३९ औँ, ५० औँ, ६३ औँ मिनेटमा गोल गरिन् । यस्तै, मन्जली योञ्जनले खेलको ५२ औँ मिनेटमा, ७० औँ मिनेटमा सपना लामाले र ७३ औँ मिनेटमा हिरा भुजेलले गोल गरिन् । निर्मला बिकेले खेलको अतिरिक्त समयमा गोल गरेर नेपाललाई ९(० को जित दिलाइन् ।
नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई ८–० गोल अन्तरले पराजित गरेको थियो । समूह चरणको खेल अन्तर्गत हिजो नै भएको अर्को खेलमा श्रीलंकाले भुटानलाई २–० गोल अन्तरले हराएको छ । नेपालले अब भोलि श्रीलंकासँग खेल्नेछ । यसअघिका प्रतियोगितामा नेपाल ३ पटक उपविजेतामा सिमित भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *