तीन एसएसपी डीआईजीमा बढुवा

भक्तपुर न्यूज

१३ पुष २०७३ ९:४२

तीन एसएसपी डीआईजीमा बढुवा

काठमाडौं, १३ पुस । गृहमन्त्रालयले नेपाल प्रहरीका ३ एसएसपीलाई डीआईजीमा बढुवा गर्ने निर्णय गरेको छ । बढुवा समितिले तीन डीआईजी पदका लागि मंसिर मसान्तमा गणेश केसी, रमेश भट्टराई र केदारमान सिंह भण्डारीको नाम सिफारिस गरेको थियो । मन्त्रालयले सिफारिसको आधारमा एसएसपी केसी, भण्डारी र भट्टराईलाई डीआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।
बढुवामा असन्तुष्टि जनाउँदै उजुरी सुनुवाई समितिमा उजुरी दिएका लव विष्टको विषयमा भने समितीले उजुरी कानुनसम्मन नरहेको भन्दै खारेज गरिदिएको छ । उनले आफूपनि डिआइजी बढुवाको दाबेदार भएको भएपनि पूर्वाग्रह राखेर सिफारिस नगरिएको भन्दै उजुरी दिएका थिए । नेपाल प्रहरीको नियमावली २०७१ अनुसार सिफारिसविरुद्ध उनले उजुरी सुनुवाई समितिमा उजुरी हालेका थिए ।
यसैबीच नेपाल प्रहरी अस्पतालतर्फ ८ एसपी एसएसपीमा बढुवा भएका छन् । यस्तै १५ डिएसपी एसपीमा १५ बढुवा गर्ने निर्णय पनि मन्त्रालयले गरेको छ भने प्रहरी अस्पतालतर्फका ११ डीएसपी पनि एसपीमा बढुवा भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *