इराकमा गरे बन्दुकधारीहरुले महिला पत्रकार अपहरण

भक्तपुर न्यूज

१३ पुष २०७३ ९:३४

इराकमा गरे बन्दुकधारीहरुले महिला पत्रकार अपहरण

एजेन्सी, १३ पुस । इराकको राजधानी वग्दादमा इराकी बन्दुकधारीहरुले एक महिला पत्रकारलाई अपहरण गरेका छन् । पत्रकार बफ्रा साविक अल कासीलाई बग्दादस्थित उनको घरबाट बन्दुकधारीहरुले अपहरण गरेर लगेको स्थनिय समाचारहरुले बताएका छन् । इराकका प्रधानमन्त्री हाइदर अल आबादीले सुरक्षअधिकारीहरुलाई अपहरणमा परेकी पत्रकारलाई सुरक्षीत उद्धार गर्न निर्देशन दिएको बताइएको छ ।
हतियारधारीहरुप्रति बिरोध गर्दै सोमबार बफ्रा साविक अल कासीले समाचार लेखेलगत्तै बन्दुक धारीहरुले उनलाई अपहरण गरेका हुन् । अनलाइन पत्रिका आकलाम बफ्रा साविक अल कासीले आतंककारीहरुको बिरोध गर्दै समाचार लेखेकी थिइन् ।
लन्डनमा रहेको पान अरब समाचारका लागि पनि काम गर्दै आएकी बफ्रा साविक अल कासी इराकस्थित साँस्कृती मन्त्रालयकी कर्मचारी पनि हुन् । स्थानिय समाचारहरुले बताए अनुसार बफ्रा साविक अल कासीको घरमा पुगेका ८ जना बन्दुक धारीहरुले उनलाइ अपहरण गरेर लगेका थिए ।
बफ्रा साविक अल कासीलाई अपहरण गर्नु अगाडी उनका १६ वर्षिया छोरालाई बाधेका थिए भने घरमा भएको सम्पती समेत चोरेर लगेको बताइएको छ । इराकमा सन २०१६ मा ७ जना पत्रकार मारिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *