श्रीलंकाका पूर्वप्रधानमन्त्रीको निधन
एजेन्सी, १३ पुस । श्रीलंकाका पूर्वप्रधानमन्त्री रत्नसिरी विक्रमानायकेको ८३ वर्षको उमेरमा हिजो निधन भएको छ । अस्पतालमा उपचार गराइरहेका बेला उनको निधन भएको अस्पतालका अधिकारीहरूले बताएका छन् ।
विक्रमानायके सन् २००० देखि २००१ र २००५ देखि २०१० सम्म दुईपटक श्रीलंकाका प्रधानमन्त्री भएका थिए । सन् १९६० मा राजनीतिमा प्रवेश गरेका विक्रमानायके महाजन एकसाथ पेरामुना पार्टीबाट सांसदमा निर्वाचित भएका थिए । उनी १९७० मा न्याय उपमन्त्री नियुक्त भएका थिए । १९९४ को आमनिर्वाचनबाट संसद्मा निर्वाचित भएपछि उनी सार्वजनिक प्रशासन, गृह र चिया उद्योगमन्त्री बनेका थिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
