लिभरपुल दोस्रो स्थानमा उक्लियो
एजेन्सी, १३ पुस । लिभरपुलले म्यानचेस्टर सिटीलाई पछि पार्दै इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा खेलमा लिभरपुलले स्टोक सिटीलाई ४–१ ले हराउँदै दोस्रो स्थानमा उक्लिएको हो ।
लिभरपुलको जितमा एडम लालना, रोबर्टो फिरमिनो र ड्यानिएल स्टरेजले गोल गरे । स्टोक सिटीका जानेली इम्बुलाले आत्मघाती गोल गरे । स्टोक सिटीका लागि जोन वाल्टर्सले एक गोल फर्काएका थिए ।
वाल्टर्सले १२ औं मिनेटमा गोल गर्दै स्टोकलाई सुरुवाति अग्रता दिलाएका थिए । ३४ औं मिनेटमा लालनाले लिभरपुलका लागि बराबरी गोल फर्काए । ४४ औं मिनेटमा फिरमिनोले गोल गरेपछि पहिलो हाफमा लिभरपुलले २–१ को अग्रता लियो । ५९ औं मिनेटमा स्टोक सिटीका इम्बुलाले आत्मघाती गोल गरे । यस्तै ७० औं मिनेटमा स्टरेजले गोल गरेपछि लिभपरपुल ४–१ ले विजयी भयो ।
जितपछि लिभरपुलको १८ खेलबाट ४० अंक भएको छ । लिभरपुल शीर्ष स्थानको चेल्सीका भन्दा ६ अंकले पछि छ । यस्तै तेस्रो स्थानमा झरेको म्यानचेस्टर सिटीसँग लिभरपुलले एक अंकको अग्रता लिएको छ । १८ खेलबाट २१ अंकसहित स्टोक सिटी १३ औं स्थानमा छ ।