हात्तीको आक्रमणबाट एकको मृत्यु
बर्दिया, १३ पुस । बर्दियाको प्रसेनी बजारमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । यस्तै दुई जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा प्रसेनीका विमल परियार रहेका छन् भने प्रसेनीकै रामप्रसाद लामिछाने र दिनेशसिंह ठकुरी घाइते भएका हुन् ।
आज बिहान सात बजेतिर बर्दिया राष्ट्रिय निकुञ्जको जंगलबाट गाउँमा एक्कासी पसेको हात्तीको आक्रमण उक्त दुर्घटना भएको हो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
