माओवादी केन्द्रको पार्टी हेडक्वाटर बैठक बस्दै
काठमाडौ, १३ पुस । सत्ता नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रको पार्टी हेडक्वाटर बैठक आज बस्दैछ । संविधान संशोधन नगरी स्थानीय निकाय निर्वाचन गर्न नदिने मधेशी मोर्चाको अडानपछि थप रणनिति बनाउने विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा केहीबेरपछि बस्ने बैठकले संविधान संशोधन, स्थानीय तहको निर्वाचन र महाअभियोग प्रस्ताव लगायतका विषयलाई प्याकेजमा टुङ्ग्याउनेबारे पार्टीको ठोस धारणा तय गर्ने जनाइएको छ ।
मोर्चाको असहमतिका बाबजुद निर्वाचनको मिति घोषणा गर्न कांग्रेसले दवाव दिएपछि अप्ठ्यारोमा पार्नुभएका पार्टी अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहालले पार्टीभित्र छलफल गर्न लाग्नु भएको हो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
७ चैत २०८१ १३:३४
विद्युत् आपूर्तिका लागि भारतसँग पहल जारी : परराष्ट्रमन्त्री
७ चैत २०८१ १३:२३
आज शुक्रबार सुनचाँदीको मूल्यमा गिरावट
७ चैत २०८१ १३:२७