महिला नै देशको बिकासको मेरुदण्ड : राजदुत रे
भक्तपुर, १२ पुस । भारतीय राजदूत रञ्जित रेले नेपाल र भारतको विकासमा महिलाको सशक्तिकरण पहिलो चुनौती रहेको बताएका छन् ।
नेपाल भारत महिला मैत्री समाजद्वारा आयोजित ३ महिने निःशुल्क व्यूटिसियन एवं सिलाई कटाई तालिमको उद्घाटन गर्दै राजदूत रेले नेपाल भारतमा विकास गर्न महिला सशक्तिकरण गर्नु पर्ने बताए ।
उनले महिलाहरुले सिकेको शिप घरको लागि मात्र नभएर देशकै लागि उपयोगी हुने भन्दै उनले सिकेको सिपलाई उपयोग गर्न सके देशको छिट्टै बिकास हुने बताए ।
तालिममा आफ्नो सरकारले पूर्ण सहयोग गर्ने भन्दै उनले तालिमपछि आफूले सिकेका कुराहरु व्यवहार ल्याउनु पर्नेमा जोड दिए ।
उनले भारत नेपाल सहयोग कार्यक्रम जसरी सञ्चार भइरहेको छ त्यसमा महिलाको शिक्षा स्वास्थ्य र महिलाकको रोजगरको सवाललाई पहिलो प्राथामिकतामा राखिेको बताए ।
पूर्व सभामुख दमनाथ ढुंगानाले हरेक देशको बिकास महिलाहरुमै निर्भर रहेकाले देशको बिकासको प्रमुख आधार भनेकै महिला भएको बताए । उनले नेपालको मुहार परिवर्तनका लागि महिलाहरुको भूमिका सबै भन्दा महत्वपुर्ण रहेको बताए ।
उक्त तालिममा १०० विपन्न महिलाहरुको सहभागि रहने आयोजकले जानकारी दिईएको छ ।