नेपाली ट्याङ्कर चालकमाथि रक्सौलमा गोली प्रहार
वीरगन्ज, १२ पुस । भारतको रक्सौलमा नेपाली ट्याङकर चालकमाथि गोली प्रहार भएको छ । भारतको बरोनीबाट पोखराका लागि इन्धन बोकी आइरहेको ना ५ ख ८८४५ नम्बरको ट्याङ्कर चालकलाई अज्ञात दुई जनाले गोली प्रहार गरी भारु चार हजार पाँच सय समेत लुटेर लगेका छन् ।
सीमावर्ती भारतको रक्सौल बजारबाट ३ कि.मी. अगाडि सो अज्ञात समूहले सुरुमा ट्यांकर चालक अमलेखगन्ज–४ बस्ने तुलाराम उपाध्यायलाई कटुवा पेस्तोलले टाउकामा प्रहार गरेको बताइएको छ ।
प्रतिकारमा उत्रिएका चालकलाई बायाँ खुट्टामा गोली प्रहार गरी घाइते पारेर सो रकम लुटिलगेको पर्साका प्रहरी उपरीक्षक गोविन्दकुमार शाहले बताए ।
चालकको अवस्था भने सामान्य छ । चालकले भारतीय प्रहरी तथा नेपाल प्रहरीलाई नभई अमलेखगन्ज प्रहरीलाई जानकारी दिएको जनाइएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३ जेठ २०८२ १२:५६
आजबाट सस्तियो पेट्रोल र डिजेल
३ जेठ २०८२ १४:२१
पृथ्वी, हिमाल र महासागर जोगाउन सगरमाथा संवाद : प्रधानमन्त्री ओली
५ जेठ २०८२ १३:२५
आज आइतबार सुनको मूल्यमा गिरावट
२ जेठ २०८२ १८:१५