सलमानकी पहिलो प्रेमिकासँग हुनै लागेको बिहे यी अभिनेत्रीका कारण भाँडियो
एजेन्सी, १२ पुस । अभिनेता सलमान खानको थुप्रै केटीहरुसँग प्रेमसम्बन्ध रह्यो। अभिनेत्रीहरु संगीता बिजलानी, सोमी अलि खान, एश्वर्या राय, क्याटरिना कैफ आदिसँग प्रेम सदैव चर्चामा रहे। उनीहरुसँग गाँसिएका अनेक प्रसँगहरु थुप्रैपटक समाचार बने। यी सबै अभिनेत्रीका बारेमा धेरै जना जानकार छन् तर, सलमानकी पहिलो प्रेमिका को थिइन्रु भन्ने बारे धेरैजनालाई थाहा छैन।
धेरैले अभिनेत्री संगीता बिजलानीलाई सलमानको पहिलो प्रेमिका ठान्ने गरेका छन्। सलमान संगीतासँग प्रेममा पर्नु अघि अर्कै एक यूवतीसँग प्रेम थिए। ती युवतीसँग प्रेममा पर्दा सलमान बलिउडमा आइसकेका थिएनन् र उनी मात्र १९ वर्षका मात्र थिए। उनले प्रेम गरेकी ती युवती पेशाले मोडल तथा एक जमानाका हिन्दी फिल्मका चर्चित अभिनेताकी नातिनी हुन्। उनको नाम शाहिन जाफरी हो। उनी ब्ल्याक एण्ड ह्वाइट हिन्दी फिल्मका सुपरस्टार अशोक कुमारकी छोरीतर्फकी नातिनी हुन्।
जसिम खानले लेखेको सलमानको बायोग्राफी ुबिइङ् सलमानुमा यसबारे खुलासा गरिएको छ। किताबका अनुसार शाहिनसँग प्रेम गर्दा सलमान मुम्बईको सेन्ट जेभीयर कलेजमा दोस्रो वर्षमा पढ्थे। उनीहरुको सम्बन्ध यति गाढा भएको थियो कुरा बिहे गर्ने अवस्थासम्म पुगेको थियो। उनीहरुको सम्बन्धलाई एकअर्काको परिवारले पनि स्वीकार पनि गरेको थियो। तर उनीहरुको हुनै लागेको विहे हुनसकेन।
शाहिन र सलमानको बिचमा संगीता बिजलानीको प्रवेशपछि उनीहरुको बिहे गर्नेसम्म पुगेको सम्बन्ध सकियो। ती दिनहरुमा संगीताको तात्कालिन ब्वाइफ्रेन्ड बिजू अलिसँग ब्रेकअप भएपछि एक्लो बनेकी थिइन्। उनी होटल ुसि रकुमा रहेको हेल्थ क्लबमा जाने गर्थिन जहाँ सलमान पनि शाहिनसँग जाने गर्थे। उमेरमा सलमानभन्दा ठूली संगीतासँग सलमान उनको परिपक्वताका कारण नजिकिन पुगे। तर, सलमानले भने शाहिनसँग ब्रेकअप भएपछि मात्र संगीतासँग प्रेममा परेको बताउने गरेका छन्।
सलमानले यस्तो बताएपनि सलमानको प्रेम दुईटा खुट्टा दुईवटा डुगांमा राखे जस्तो अवस्थामा पुगेको थियो। यस्तो स्थितिबाट सलमान निस्कन नसकि रहेको अवस्थामा शाहिन आफैले दुरी बढाइन। संगीताको प्रवेश भइसकेपछि शाहिनले कैथे प्यासेफिक एयरलाइन्समा काम गर्न थालिन र सलमानको जीन्दगीबाट टाढा गइन्।