म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

भक्तपुर न्यूज

१२ पुष २०७३ ६:१२

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी, १२ पुस । हल सिटीलाई हराउँदै उपाधि दौडमा रहेको म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगमा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले हल सिटीलाई ३–० ले हराउँदै दोस्रो स्थानमा उक्लिएको हो ।
म्यानचेस्टर सिटीको जितमा याया टुरे र केलिची इहिनाचोले गोल गरेका थिए । यस्तै इन्जुरी समयमा हल सिटीका डेविसले आत्घाती गोल उपहार दिए ।
पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको म्यानचेस्टर सिटीका लागि ७२ औं मिनेटमा पाएको पेनाल्टीको अवसरमा टुरेले गोल गरे । त्यसको ६ मिनेटपछि इहिनाचोले अग्रता दोब्बर पारे । इन्जुरी समयमा हल सिटीका डेविसले आत्मघाती गोल गरेपछि म्यानचेस्टर सिटी ३–० ले विजयी भयो ।
गएरातिको जितपछि १८ खेलबाट ३९ अंक भएको सीटी दोस्रो स्थानमा उक्लियो ।शीर्ष स्थानको चेल्सीको ४६ अंक छ । एक खेल कम खेलेको लिभरपुलको ३७ अंक सहित तेस्रो स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *