आज विप्लव माओवादीले देशव्यापी विरोध प्रदर्शन गर्दै
काठमाडौ १२ पुस । पछिल्लो समय पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धिको विरोधमा उत्रिएको नेकपा माआवादीका जनवर्गीय सङ्गठनहरुले आज विरोध स्वरुप देशव्यापी विरोध प्रदर्शन गर्दै छ । आज दिउसो १ बजे देशव्यापी विरोध प्रदर्शन गर्ने बताइएको छ ।
इन्धनको मूल्य बृद्धि, महंगी, कालोबजारी, भ्रष्टाचारविरुद्ध विप्लव नेतृत्वको नेकपा माओवादी निकट ११ संगठनहरुले संयुक्त रुपमा संघर्षका कार्यक्रम घोषणा गरेका हुन् ।
घोषित कार्यक्रम अनुसार भोलि मसाल जुलुस, १४ गते अन्तरक्रिया र १५ गते विहान ९ देखि १० बजे चक्का जाम रहेका छन् ।
उनीहरुले सरकारले पेट्रोलियम पदार्थमा बढाएको मूल्य फिर्ता नभए थप संघर्षका कार्यक्रम घोषणा गर्ने बताएका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३ वैशाख २०८२ ९:३१
काठमाडौं उपत्यकामा भूकम्पको धक्का
५ वैशाख २०८२ १४:१०
आज शुक्रबार सुन प्रति तोला आठसय रुपैयाँ घट्यो, चाँदीको मूल्य स्थिर
३ वैशाख २०८२ ९:३३
गोली प्रहार घटनामा संलग्न तीन जना नियन्त्रणमा
३ वैशाख २०८२ ९:२९
संसद् अधिवेशन वैशाख १२ गते आह्वान गर्न सिफारिस
५ वैशाख २०८२ १४:१८