शोक प्रस्ताव पारित गरेर आजको संसद बैठक स्थगित हुने
काठमाडौ १२ पुस । व्यवस्थापिका संसदको बैठक आज शोक प्रस्ताव पारित गर्दै स्थगित हुने भएको छ । नेपाः राष्ट्रिय पार्टीका पूर्वसांसद बुद्धरत्न मानन्धरको निधन भएकाले शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित हुने छ । संसद बैठक दिउँसो एक बजे बस्ने छ । शोक प्रस्ताव पारित भएपछि संसद बैठक अन्य कार्यसूचीमा प्रवेश नगर्ने प्रावधान छ ।
संसदमा दर्ता भएको संविधान संशोधनको प्रस्तावको विरोधमा एमाले लगायतका विपक्षी दलले संसद बैठक चल्न दिएका छैनन् । लामो समयदेखि संसद चल्न नसक्दा महत्वपूर्ण विधेयध संसदमा अलपत्र परेका छन् ।
संशोधन प्रस्ताव फिर्ता लिन माग गर्दै नेकपा एमाले, नेमकिपा, जनमोर्चा, नेकपा माले लगायतका दलहरुले संसद बैठक अवरुद्ध गर्दै आएका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१६
मोटरसाइकल दुर्घटना हुँदा बाबुछोरासहित तीन जनाको मृत्यु
१५ असार २०८२ १२:१८
पश्चिम नेपालका १२ जिल्ला भारी वर्षाको उच्च जोखिममा
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १६:२५
यर बजारमा हरियाली, आइतबार बजार २६ अंकले बढ्यो
१५ असार २०८२ १२:१९