शोक प्रस्तावसँगै संसद बैठक स्थगित
काठमाडौं १२ , पुष । व्यवस्थापिका संसदको बैठक आज शोक प्रस्ताव पारित गर्दै स्थगित हुने भएको छ । नेपाः राष्ट्रिय पार्टीका पूर्वसांसद बुद्धरत्न मानन्धरको निधन भएकाले शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित हुने छ ।
संसद बैठक दिउँसो एक बजे बस्ने छ । शोक प्रस्ताव पारित भएपछि संसद बैठक अन्य कार्यसूचीमा प्रवेश नगर्ने प्रावधान छ । संसदको कार्यसूचीमा संविधान संशोधन विधेयकमा छलफलको प्रस्ताव परे पनि प्रतिपक्षी दलहरुको अवरोधले बैठकमा प्रवेश पाएको छैन ।
संशोधन प्रस्ताव फिर्ता लिन माग गर्दै नेकपा एमाले, नेमकिपा, जनमोर्चा, नेकपा माले लगायतका दलहरुले संसद बैठक अवरुद्ध गर्दै आएका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४
युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा
२५ असार २०८२ ७:००