बाजुरामा भयावह कुपोषणबाट एक बालकको मृत्यु

भक्तपुर न्यूज

११ पुष २०७३ ११:११

बाजुरामा भयावह कुपोषणबाट एक बालकको मृत्यु

। लक्ष्मीराज पाध्याय ।
बाजुरा, पुस ११ गते । बाजुरा जिल्लाको वाई गाविस – ७ का १० बर्षिया राजबहादुर धामीको कुपोषणले थला परेको कहि महिनापछि आज मृत्यु भएको छ । बाबुको साहारा विहिन भएका उनको उपचारमा अविभावक र उपचारमा लाग्ने खर्च नहुँदा समस्याका कारण उनको मृत्यु भएको आफन्तले बताएका छन । कुपोषण भएका धामीलाई टीबी समेत भएकोे कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ ।
चार बर्ष अगाडि बुवा प्रेमबहादुर धमीको मृत्युपछि फरक क्षेमता भएकी आमासँग बसीरहेका धामी विरामले सिकिस्त भएपछि गाउँलेको सहयोगमा उनलाई प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याँउदा औषधि किन्न नसकी उनकी आमाले घर फर्काएकी थिईन । गाउँमा पुगाएलगत्तै उनको अवस्था नाजुक भएपछि गाउँलेहरुले नै पैसा जम्मा पारेर पुनः उपचारका लागि कोल्टी प्राथमिक केन्द्रमा पु¥याएका थिए ।
स्थानिय जनम धामीका अनुसार उनकी आमा बोल्न र कान नसुन्ने छन् । अस्पताल पुगाएपनि स्वास्थ्य केन्द्रमा आवश्यक चेकजाँच गर्ने उपकरण र प्रविधि नहुँदा उनको उपचार असम्भव रहेको प्राथमिक स्वास्थ्य केन्द्रका डा. बिकल लामिछाने बताए । डा. लामिछानेका अनुसार उसको शरीरमा इन्फेक्सन भएकोले बालकको मृत्यु भएको हो । अभिवाक र उपचारका लागि अन्यत्र जान पैसा नभएपछि उनी कोल्टीमै थन्किएका थिए ।
धामी जस्तै दुर्गम गाउँमा बच्चा जन्माउने जम्मान्तर बच्चालाई खुवाउने पोषण तत्व र कम उमेरमा बच्चा जन्माउँदा अधिकांश बालबालिकामा कुपोषण हुने गरेको पाइएको छ । कुन उमेरका बालबालिकाकालाई के खुवाउने र के नखुवाउने कति जन्मान्तरमा बच्चा जन्माउने ज्ञान अभिभावकमा नहुँदा बालबालिका कुपोषित हुने गरेका छन् । पोषण तत्व बच्चा जन्माउने जन्मान्तर बारेमा जानकारी नहुँदा पाण्डुसैन–८ लमालबाडाकी लालपुरा सनाइका तिन बर्षको छोरामा केहि दिन पहिले कुपोषण देखापरेको थियो ।
बाजुरामा कडा शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रम सञ्चालनमा आएको दुइ महिनाको अवधिमा ४ हजार ३ सय ६८ जना बालबालिकाको पोषणको स्थितिको बारेमा जाँच गर्दा ७ सय ८५ जना बालबालिका कुपोषित भेटिएको जिल्ला अस्पताल बाजुराले जनाएको छ । विभिन्न गाविसमा रहेका ६ महिनादेखि ५ बर्षसम्मका बालबालिकाको पोषणको स्थितिका बारेमा जानकारी लिइएको मध्य २ सय २३ जना बालकमा कडा खालको कुपोषण देखिएको शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रम आइमामका जिल्ला संयोजक उदय प्रकासले जानकारी दिए । प्रत्येक गाविसमा महिला स्वास्थ्य स्वंयसेविका, अन्य स्वास्थ्यकर्मी र आइमाम कार्यक्रमका कर्मचारीमार्फत बालबालिकाको पोषणको स्थितिका बारेमा पत्ता लगाउने कार्य जारी रहेको उनले बताए ।
जिल्ला कुपोषण र खाद्य सुरक्षा कार्यक्रमका लागि करोडौको बजेट खर्च हुने गरेको पाइन्छ । तर कुपोषणकै कारण विरामीले भने सहज उपचार पाइरहेका छैनन । कुपोषणका विरामी धामी उपचारका लागि जिल्लास्थित नागरिक अगुवाले सहयोग अभियान थालेको बुझिएको छ । सुनौला हजार दिन, सुआहारा, आइमाम र बहुक्षेत्रीय पोषण लगाएतका कार्यक्रमहरुले जिल्लामा तालिम गोष्ठी, सेमिनारका नाममा करोडौ खर्च गरिरहेका छन् । जिल्लामा कुपोषणका लागि मात्र धेरै संस्थासँग रकम छ । भित्तामा लेखेर रकम खर्च गर्न हतारो गरी रहेका पोषण सम्बन्धी काम गर्ने सरकारी र गैर सरकारी संस्थाले उनको उपचारका लागि भने कुनै पहल गरिरहेका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *